Latest From our Blog

बजारमा छिरेका एक विद्यार्थी: जो मासिक ४० हजार कमाउँछन्, सेयरबाटै गाउँमा ४० रोपनी जग्गा जोडे !

नेपालको धितोपत्र बजारमा विभिन्न उमेर, तहतप्काका व्यक्तिहरुको आकर्षण रहेको पाइन्छ । यही बजारमा जागिर गर्न छाडेर सेयर बजारमा लागी सरकारी अधिकृत सोसरह आम्दानी गरिरहेका युवाहरुको पनि जमात छ ।  कम पूँजी भएका, तर कम्पनीको मालिक बन्न चाहनेहरुका लागि स्टक मार्केट एउटा गतिलो प्लेटफर्मका रूपमा चिनिन्छ । यही जमातमा भविष्यमा नेप्सेमा सूचीकृत कम्पनीको संचालक बन्ने सपना बुन्दै सेयर बजारमा लगानी गर्दै आइरहेका एक युवा हुन् सुमन श्रेष्ठ । २७ वर्षीय श्रेष्ठको जन्मघर रामेछाप जिल्ला हो भने हाल उनी धोबीचौरका बासिन्दा हुन् । विगत ७ वर्षदेखि सेयर बजारमा सक्रियता जनाइरहेका...

Read More

थोरै-थोरै लगानीले सेयरबाट भइनेछ करोडपति, यी सूत्र पछ्याउनुहोस्

सेयरबाट ठूलो कमाईका लागि ठूलै लगानी चाहिन्छ भन्ने हुँदैन । यदि तपाईको लगानी रणनीति सही छ भने सानो लगानीबाट समेत ठूलो कमाई संभव हुन्छ । यसका लागि सेयर सबैभन्दा सही ठाउँ हो । जहाँ नियमित रुपमा सानो–सानो रकम लगानी गर्नुभयो भने त्यसको रिटर्न राम्रो प्राप्त हुन्छ । हुन त सेयर बजारमा जोखिम पनि बढी हुन्छ, तर जोखिमसँगै कमाईको मौका समेत अधिक हुन्छ । यसकारण प्रत्येक महिना सानो–सानो लगानी गर्नुपर्छ, यसको सुरुवात १ हजार रुपैयाँबाट गर्न सकिन्छ । बजार विज्ञहरुको कुरालाई मान्ने हो भने सेयरबजारमा लगानीको आधारभूत कुरा निकै सामान्य छन् । सेयर बजारका आधारभूत कुराहरुलाई...

Read More

१० हजारको लगानी यसरी बन्छ ५० लाख !

भनिन्छ कि तलबको तुलनामा खर्च ज्यादै तीव्र गतिले बढिरहेको हुन्छ । तर, मानिसले आफ्नो तलबलाई सही तरिकाले उपयोग गर्ने हो भने त्यो व्यक्तिको तलब बराबरको अलग्गै आम्दानी तयार हुन्छ । तर यसका लागि तपाईले खर्च र लगानीको निकै राम्रो योजना बनाउनुपर्ने हुन्छ र केही वर्ष प्रतिक्षा गर्नुपर्ने हुन्छ ।  तपाई यदि यो लक्ष्य चाँडो हासिल होस् भन्ने चाहनुुहुन्छ भने आफ्नो हरेक महिनाको तलबबाट निश्चित रकम लगानीका लागि छुट्याउनुपर्ने हुन्छ । यदि तपाई कम लगानी गर्न चाहनुुहुन्छ भने तपाईको लक्ष्य पूरा हुन केही लामो समय लाग्न सक्छ ।  कति समयमा प्राप्त होला लक्ष्य ?यदि तपाईको तलब...

Read More

मासु बेच्दै, सेयरमा लगानी गर्दै !

उनको परिचय दिनमै २ पटक फेरिन्छ । कुनै बेला मासु व्यवसायी, कुनै बेला सेयर लगानीकर्ता। सफल मासु व्यापारी मात्र नभई पछिल्लो समय सेयरबाट लखपति हुने लगानीकर्ताको रुपमा चिनिन्छन् रोजिना उप्रेती । गाउँमा कृषि गर्दागर्दै पतिले चलाउने काठमाण्डौको मासु पसल आफैंले सम्हालेकी उनी सेयरबजारकी एक कुशल लगानीकर्ता हुन् । नेप्से बढ्दा र घट्दा दुवै अवस्थामा सम्हालिदै सेयर खरिदबिक्रीमा सक्रिय उनको हसिलो मुहारले आत्मविश्वास झल्काउँछ  ।   २०४८ साल बैशाख २० गते धादिङको रोडाङ्ग गाउँपालिका २ नम्बर वार्डमा बस्नेत परिवारमा जन्मेर धादिङकै गजुरीका बिक्रम उप्रेतीसँग १६ वर्षको...

Read More

सेयरको कमाईले काठमाण्डौमा घरघडेरी,बजारबाट करोडपति बनेकी सम्झनाको चाखलाग्दो कथा

मुलुककै अर्थतन्त्रको ऐना मानिने नेपालको सेयर बजार विस्तारै विस्तारित, समावेशी र अत्याधुनिक बन्दै गएको छ । सेयर बजारलाई मिलेनियरहरुको क्रीडास्थल संज्ञा दिने पनि छन् । सेयर बजारमा प्रवेश गरेको छोटो समयमै बुद्धिमतापूर्वक लगानी गर्नेहरुले अपत्यारिलो गतिमा पैसा  कमाएर  थुप्रै उदाहरण पेश गर्ने समेत नेपालका बजारमा छन् । पछिल्लो समय सेयर बजार घटेर चौपट भइरहेको बेला र यस्तो बजारमा गरिएको लगानी डूब्छ भनी दुष्प्रचार भइरहेको बेला यही बजारमा सीप हुनेले करोडौं कमाएर देखाएका छन् । विवेकपूर्वक लगानी गरे सेयर बजारले मानिसको आर्थिक हैसियत दिन दुईगुणा रात चौगुणा...

Read More