Latest From our Blog

मासु बेच्दै, सेयरमा लगानी गर्दै !

उनको परिचय दिनमै २ पटक फेरिन्छ । कुनै बेला मासु व्यवसायी, कुनै बेला सेयर लगानीकर्ता। सफल मासु व्यापारी मात्र नभई पछिल्लो समय सेयरबाट लखपति हुने लगानीकर्ताको रुपमा चिनिन्छन् रोजिना उप्रेती । गाउँमा कृषि गर्दागर्दै पतिले चलाउने काठमाण्डौको मासु पसल आफैंले सम्हालेकी उनी सेयरबजारकी एक कुशल लगानीकर्ता हुन् । नेप्से बढ्दा र घट्दा दुवै अवस्थामा सम्हालिदै सेयर खरिदबिक्रीमा सक्रिय उनको हसिलो मुहारले आत्मविश्वास झल्काउँछ  ।   २०४८ साल बैशाख २० गते धादिङको रोडाङ्ग गाउँपालिका २ नम्बर वार्डमा बस्नेत परिवारमा जन्मेर धादिङकै गजुरीका बिक्रम उप्रेतीसँग १६ वर्षको...

Read More

सेयरको कमाईले काठमाण्डौमा घरघडेरी,बजारबाट करोडपति बनेकी सम्झनाको चाखलाग्दो कथा

मुलुककै अर्थतन्त्रको ऐना मानिने नेपालको सेयर बजार विस्तारै विस्तारित, समावेशी र अत्याधुनिक बन्दै गएको छ । सेयर बजारलाई मिलेनियरहरुको क्रीडास्थल संज्ञा दिने पनि छन् । सेयर बजारमा प्रवेश गरेको छोटो समयमै बुद्धिमतापूर्वक लगानी गर्नेहरुले अपत्यारिलो गतिमा पैसा  कमाएर  थुप्रै उदाहरण पेश गर्ने समेत नेपालका बजारमा छन् । पछिल्लो समय सेयर बजार घटेर चौपट भइरहेको बेला र यस्तो बजारमा गरिएको लगानी डूब्छ भनी दुष्प्रचार भइरहेको बेला यही बजारमा सीप हुनेले करोडौं कमाएर देखाएका छन् । विवेकपूर्वक लगानी गरे सेयर बजारले मानिसको आर्थिक हैसियत दिन दुईगुणा रात चौगुणा...

Read More

यी १० कुरा नजाने सेयरबाट कमाइन्न !

नेपाल र अन्य देशका सेयर बजारमा थुप्रै सफलताका कथाहरु छन् । सेयरमा लगानी गरेर करोडपति हुनेहरुका यस्ता कथा हाम्रा लागि प्रेरणाको स्रोत बन्न सक्छन् । तर, यो पनि उत्तिकै सत्य हो कि अधिकांश लगानीकर्ता र सेयर कारोबारी सेयरमा लगानी गर्दा डूबेका पनि छन् । उनीहरुको असफलतालाई पनि पूरै बेवास्ता गर्न मिल्दैन, कारण ती असफलताहरुबाट समेत हामीले धेरै कुरा सिक्न सक्छौ । सफलता र असफलताका विभिन्न कथाहरुबीचबाट हामीले यहाँ सेयरबाट पैसा कमाउने १० महत्वपूर्ण टिप्सहरु तयार गरेका छौ।     १.लगानी गर्नुअघि विशेष ढंगले सोच्नुहोस्आत्मविश्वास र दृढता सेयर बजारका महत्वपूर्ण सूत्र...

Read More

सेयरमा हजार लगानी गरेर लाख कमाएका विद्यार्थीको कथा: पढाई खर्च टार्दै, पोर्टफोलियो बढाउँदै !

पूँजी बजारमा लगानी गरेर धेरै लगानीकर्ताहरुले कमाउने र गुमाउने प्रक्रिया चलिरहन्छ । यसलाई नियमित चक्र पनि मानिन्छ ।  नेपालको पूँजी बजारमा विशेषतः मारवाडी समुदाय, जागिरे, व्यापारी लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरुको सक्रियता रहँदै आएको छ।  सेयर बजारबाट करोडपति भइने भन्ने मान्यतालाई पछ्याउँदै आजकल विद्यार्थी तथा युवाहरुको समेत बजारमा प्रवेश भइरहेको छ । आज हामी सेयर बजारको भीडमा यस्तै केही पात्रलाई प्रस्तुत गर्दैछौ, जसले सानो लगानी गरेर आफ्नो गर्जो टारिरहेका छन् र उनीहरु विद्यार्थी तथा युवाहरुका लागि प्रेरणाको स्रोत समेत बन्नसक्छन् । युवा अवस्थामा...

Read More

डेरावाल इञ्जिनियर सेयरबाट बने करोडपति, काठमाण्डौमा २ घर र गाडी

सेयर बजार रहस्यमय हुन्छ । यसको गति कहाँ रोकिन्छ र कहाँ गएर अगाडि बढ्छ, कसैले भन्न सक्दैन । तर, केही अनुभवको प्रयोग गरी भाग्यले साथ दिए, बजारमा सही समयमा प्रवेश गर्न र बाहिरिन सकेको खण्डमा सेयरबाटै करोडपति बन्न सकिन्छ । हिम्मत र सुझबुझका साथ राम्रा कम्पनीका सेयर खरिद गरेर धैर्यता राखी बजारबाट करोडपति बनेका केही प्रतिनिधिपात्रमध्ये फरक प्रोफेसनका एक इञ्जिनियरको सफलताको कथा पनि कम रोचक छैन । ललितपुरको भैंसीपाटी बस्ने पेशाले इञ्जिनियर, तर नामूद सेयर कारोबारी प्रकाश पोखरेल आँट र हिम्मतले सेयरबाट सफल भएका एक उदाहरणीय पात्र हुन् ।  धैर्यताले सेयर बजारमा करोडपति...

Read More